पछिल्लो २४ घण्टामा थपिए ८२ कोरोना संक्रमित, १४७ जना कोरोनामुक्त
काठमाडौं । केही दिन यता देशभर कोरोना भाइरस रोग (कोभिड- १९) का संक्रमितहरु घट्दै गएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८२ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभर २५ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८२ जनलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।
प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९१६ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा ८ हजार १७४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १४७ कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको जम्मा संख्या ८ हजार ५८९ रहेको छ ।
देशभरका क्वारेन्टाइनमा २३ हजार ७८४ जना रहेको उहाँले बताउनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत