ट्रम्प कोरोना महामारी सुरुभए यता पहिलो पटक मास्कमा
न्यूयोर्क । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस रोग (कोभिड १९) महामारी सुरुभए यता पहिलो पटक मास्क लगाउनुभएको छ । शनिबार साँझ सैन्य अस्पतालको निरीक्षणका क्रममा उहाँले मास्क लगाएर सार्वजनिक हुनुभयो । राष्ट्रपति ट्रम्पले कोरोनाको संक्रमण बढ्दै गएपछि मास्क लगाउने निर्णय गर्नुभएको थियो ।
विज्ञहरुले उहाँलाई संक्रमणबाट आफुलाई सुरक्षित राख्न मास्क प्रयोग गर्न आग्रह गर्दै आएका थिए । हेलिकप्टरबाट वासिङटनमा रहेको रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा घाइते सैनिक र कोरोकाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई भेट्न जानुभएको थियो । ह्वाइट हाउसबाट बाहिरिने क्रममा उहाँले संवाददाताहरुलाई भन्नुभएको थियो, जब अस्पतालमा रहनुपर्छ तब मास्क लगाउन म जरुरी ठान्दछु ।
सार्वजनिक कार्यक्रमहरुमा मास्क लगाउन आग्रह गरेपनि ट्रम्पले यसलाई अस्विकार गर्दै आउनुभएको थियो । चुनावी र्यालीमा समेत मास्क नलगाउनुभएका ट्रम्पले अबका दिनमा मास्क लगाउनुहुन्छ कि हुन्न भन्ने एकिन छैन ।एजेन्सी
हेल्थपाटी
तपाईँको अभिमत