अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा ४ चिकित्सक पक्राउ

प्रतिकारात्मक तस्बिर
चितवन । अनाधिकृत रुपमा मिर्गाैला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले भरतपुरको पुरानो मेडिकल कलेजका ४ जना डाक्टरहरुलाई पक्राउ गरेको छ । यद्यपि यसको विषयमा प्रहरीले आइतबार मात्रै पत्रकार सम्मेलनमार्फत आधिकारिक जानकारी दिने जनाएको छ ।
पक्राउ पर्नेमा अस्पतालको मिर्गाैला रोग विभागका प्रमुख प्रा.डा.राकेश बर्मा, प्रा.डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा.सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य हुनुहुन्छ ।
यस्तै जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ पर्नुभएको छ ।
प्रा.डा. बर्मा वीर अस्पतालबाट अवकाश प्राप्त चिकित्सक हुनुहुन्छ । त्यसपछि उहाँले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा कार्यरत हुनुहुन्थ्यो ।
पछिल्लो समय उहाँ चितवनस्थित पुरानो मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ । कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई लामो समयको अनुसन्धापछि पक्राउ गरिएको जनाइएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत