कान्ति बाल अस्पतालमा उपचाररत बालिकालाई कोरोना
अ +
अ -
काठमाडौं । कान्ति बाल अस्पतालमा उपचाररत एक बालिकालाई कोरोना भाइरस रोग (कोभिड १९) पुष्टि भएको छ ।
रगत बान्ता भई दाङबाट उपचारका लागि ल्याइएकी १३ वर्षकी बालिकालाई आज कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले जानकारी दिनुभयो ।
कोरोना पुष्टि भएपछि बालिकालाई शिक्षण अस्पताल लगिएको छ । यसअघि पनि कान्ति अस्पतालमा एक शिशुलाई कोरोना पुष्टि भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत