थप ३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

प्रतिकारात्मक तस्बिर
काठमाडौं । कोरोना भाइरस रोगका ३ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार पाटन अस्पतालमा २ जना पुरुष र एक पुरुषको काठमाडौं मेडिकल कलेज(केएमसी) मा मृत्यु भएको हो ।
पाटन अस्पतालमा असार १६ गते भर्ना भएका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । उहाँको फोक्सोमा पानी जम्नुका साथै मिगौंलाको समस्या थियो । उहाँलाई १७ गते कोरोना पुष्टि भएको थियो । यस्तै पाटन अस्पतालमा नै मृत्यु भएका अर्का कोरोना संक्रमित भने क्षयरोगी रहेको प्रवक्ता गौतमले बताउनुभयो । असार १८ गते उपचारका लागि अस्पताल भर्ना भएका सिन्धुपाल्चोकका ४५ वर्षे पुरुषलाई असार २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो भने असार २५ गते मृत्यु भएको थियो ।
यस्तै केएमसीमा गोकर्णेश्वरका मिर्गौलाका बिरामी रहेका ५४ वर्षका पुरुषको असार २५ गते मृत्यु भएको जानकारी प्रवक्ता गौतमले दिनुभयो । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत