सातै प्रदेशमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने, कुन –कुन प्रयोगशालामा ?
काठमाडौं । अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तिमा एक प्रयोगशालालाई शुल्क लिई कोरोना परीक्षण गर्ने अनुमति दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले असार २४ गतेको मन्त्रिस्तरीय बैठकले प्रदेश नम्वर १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेत र सुदुरपश्चिम प्रदेशमा प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पीसीआर परीक्षणको अनुमति दिने निर्णय दिएको जानकारी दिनुभयो ।
उहाँले ५ हजार ५ सय तिरी निरोगिता प्रमाणपत्र, भिसा प्रक्रयाका लागि कोरोना परीक्षण गर्न पाउने बताउनुभयो । यसअघि काठमाडौंमा वीर अस्पताल, त्रीवी शिक्षण अस्पताल महाराजगञ्ज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरी पीसीआर परीक्षण गर्न पाइन्थ्यो । हालसम्म नेपालमा १६ हजार ६४९ जनालाई कोरोना पुष्टि भएको छ । ८ हजार ९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने ३५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत