नयाँ संक्रमित ११८ जना, ६ जिल्ला कोरोनामुक्त
काठमाडौं । पछिल्लो केहीदिन यता कोरोना भाइरस रोग(कोभिड –१९) का संक्रमितको संख्या कम देखिइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभर मा ११८ कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या १६६४९ पुगेको छ ।
प्रवक्ता गौतमका दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८०६ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा ८६०३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२० कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको जम्मा संख्या ८०११ रहेको छ ।
देशभरका क्वारेन्टाइनमा २३९१० जना रहेको उहाँले बताउनुभयो । ७७ मध्ये ६ जिल्ला संक्रमण मुक्त भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त रहेका ६ जिल्लामा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला रहेको उहाँले बताउनुभयो ।
हेल्थपाटी 
तपाईँको अभिमत