बोलिभियाका राष्ट्रपतिसहित ७ मन्त्रीलाई कोरोना पुष्टि
काठमाडौं । बोलिभियाका राष्ट्रपतिसहित ७ जना मन्त्रीलाई कोरोना भाइरस रोग (कोभिड –१९) पुष्टि भएको छ । राष्ट्रपति जीयनी एनेजले ट्वीट मार्फत आफुलाई कोरोना संक्रमण भएको तर अवस्था सामान्य रहेको जानकारी दिनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
म ठिक छु, आइसोलेसनमा बसेरै मैले आफ्नो नियमित काम गरिरहेको छु राष्ट्रपति एनेजले ट्वीटमा लेख्नुभएको छ सँगसँगै हामीले कोरोनालाई जित्नुछ ।
राष्ट्रपतिसहित बोलिभियनका ७ जना मन्त्रीलाई कोरोना पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका स्वास्थ्य मन्त्रीसहित ७ मन्त्रीको उपचार भइरहेको छ ।
बोलिभियाका ४२ हजारभन्दा बढीलाई कोरोना पुष्टि भएको छ भने १ हजार ५ सय जनाको मृत्यु भएको छ । जनसंख्याका आधारमा हेर्ने हो भने बोलिभिया पनि कोरोना अति प्रभावितदेश मध्ये एक हो ।
हेल्थपाटी
तपाईँको अभिमत