१०८ दिन पछि आजबाट सशर्त सार्वजनिक सवारी सञ्चालन

फाइल तस्बिर
काठमाडौं । आजबाट छोटो दूरीका सार्वजनिक सवारीका साधन सञ्चालनमा आएका छन् । असार २३ गते भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजबाट सशर्त सार्वजनिक यातायातका साधन चल्न दिइएको हो। कोरोना भाइरस संक्रमणको त्रासका कारण गत चैत्र ११ गतेबाट लकडाउन भएपछि देशैभरका सार्वजनिक सवारीका साधनहरु बन्द थिए।
सार्वजनिक सवारी सञ्चालनका सर्तहरू
- यात्रुहरुले अनिवार्य मास्क लगाउनै पर्ने
- एक पंतिको एउटा सीटमा एकजना मात्रै बस्न पाउने
- यात्रु चढ्ने बेलामा सवारी साधनको ढोकामा र सवारी साधनभित्र अनविार्यरुपमा सेनिटाइजर राख्नै पर्ने ।
- चालक र सहचालक अनिवार्य रुपमा मास्क भाइजर र पञ्जा लगाउन पर्ने
- सवारी साधनलाई दैनिक निसंक्रमित गर्नुपर्ने
सार्वजनिक सवारी साधानले ५० प्रतिशत भाडा बढी लिन पाउनेछन् । ट्याक्सीले भने बढी भाडा लिन पाउने छैनन् । कोभिड सम्बन्धि आदेश भएसम्मका लागि सार्वजनिक सवारीले ५० प्रतिशत भाडा बढी लिन पाउनेछन् । ट्याक्सीको हकमा चालकबाहेक दुई जना यात्रु राख्न पाइनेछ । एकै परिवारका भएको खण्डमा ५ वर्ष मुनिका बालबालिकाकाे हकमा भने सर्त लागुहुने छैन ।
निजी उद्योग प्रतिष्ठान तथा कार्यालयहरुका श्रमिक, कर्मचारी बोक्ने सवारी साधन पनि चल्न पाउने भएका छन् । यसमा पनि एक सीटमा एकजना मात्रै बस्न पाउने र सबैले अनिवार्यरुपमा मास्क लगाउनै पर्ने, सवारी साधनभित्र अनविार्यरुपमा सेनिटाइजर राख्नै पर्ने र सवारी साधनलाई दैनिक निसंक्रमित गर्नुपर्ने नियम सरकारले तोकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत