ब्राजिलका राष्ट्रपतिले मास्क हटाएपछि सर्वाेच्चमा उजुरी
काठमाडौं । ब्राजिलका राष्ट्रपति बोल्सानारो विरुद्ध प्रेस एसोसियसनले सर्वाेच्च अदालतमा आपराधिक उजुरी दायर गरेको छ । टेलिभिजन अन्तरवार्ताको क्रममा उहाँले आफ्नो मास्क निकाली अन्य व्यक्तिको स्वास्थ्यमा खेलबाड गरको भन्दै ब्राजिलको प्रेस एसोसियसनले सर्वाेच्चमा उजुरी दिएको हो ।
६५ वर्षका राष्ट्रपति बोल्सानारोले टेलिभजन अन्तरवार्ताको क्रममा मुखमा लगाइरहेको मास्क खोली टेवुलमा राखेर आफुलाई कोरोना पोजेटिभ भएको जानकारी गराउनुभएको थियो । एसोसियसनले अदालतमा गरेको उजुरीमा कम्तिमा २ वटा आरोप लगाइएको छ ।
आफुलाई संक्रमण पुष्टि भएपछि अर्काको स्वास्थ्यमा खेलबाड गर्दै मास्क खोलेको र देशमा कोरोना नियन्त्रणमा चुकेको आरोप उजुरीमा उल्लेख गरिएको छ ।
अन्तरबार्ताका क्रममा बेल्सानारोसँग सम्पर्कमा आएका पत्रकारहरु क्वारेन्टिनमा बसेका छन् । ब्राजिलमा १७ लाख भन्दा बढी मानिसलाई कोरोना पुष्टि भएको छ भने झण्डै ६८ हजार मानिसको मृत्यु भएको छ । ब्राजिल कोरोनाबाट अतिप्रभावित देशमा अमेरिकापछि दोस्रोमा छ ।
हेल्थपाटी
तपाईँको अभिमत