भोलिबाटै सार्वजनिक सवारी साधन चल्ने, यी हुन पालना गर्नुपर्ने सर्तहरु
काठमाडौं । सरकारले भोलिबाटै लागु हुने गरी छोटो दूरीका सार्वजनिक सवारीका साधान सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सञ्चार तथा सूचना मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा सकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिनुभएको हो । असार २३ गते भएको मन्त्रिपरिपद बैठकको निर्णयअनुसार यस्तो निर्णय भएको उहाँले बताउनुभयो ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण गत चैत्र ११ गतेबाट लकडाउन भएपछि देशैभरका सार्वजनिक सवारीका साधनहरु बन्द रहेका थिए ।
सार्वजनिक सवारी सञ्चालनका सर्तहरु
-यात्रुहरुले अनिवार्य मास्क लगाउनै पर्ने
–एक पंतिको एउटा सीटमा एकजना मात्रै बस्न पाउने
–यात्रु चढ्ने बेलामा सवारी साधनको ढोकामा र सवारी साधनभित्र अनविार्यरुपमा सेनिटाइजर राख्नै पर्ने ।
–चालक र सहचालक अनिवार्य रुपमा मास्क भाइजर र पञ्जा लगाउन पर्ने
–सवारी साधनलाई दैनिक निसंक्रमित गर्नुपर्ने
सार्वजनिक सवारी साधानले ५० प्रतिशत भाडा बढी लिने पाउने निर्ण भएको भए पनि ट्याक्सीले भने बढी भाडा लिन नपाउने जानकारी खतिवडाले दिनुभयो । कोभिड सम्बन्धि आदेश भएसम्मका लागि सार्वजनिक सवारीले ५० प्रतिशत भाडा बढी लिन पाउने मन्त्री खतिवडाले बताउनुभयो।
ट्याक्सीको हकमा चालकबाहेक दुई जना यात्रु राख्न पाइनेछ । एकै परिवारका भएको खण्डमा ५ वर्ष मुनिका बालबालिकाहरु भए थप पनि ट्याक्सीमा चढ्न पाउने मन्त्री खतिवडाको भनाइ छ ।
निजी सवारी साधनहरुलाई भने जोरविजोर प्रणलीमा दुई जना र परिवारभित्रकै ५ वर्षभन्दा मुनिका बालबालिका थप चढ्ने पाउने निर्णय गरिएको छ ।
निजी उद्योग प्रतिष्ठान तथा कार्यालयहरुका श्रमिक, कर्मचारी बोक्ने सवारी साधन पनि चल्न पाउने भएका छन् । यसमा पनि एक सीटमा एकजना मात्रै बस्न पाउने र सबैले अनिवार्यरुपमा मास्क लगाउनै पर्ने, सवारी साधनभित्र अनविार्यरुपमा सेनिटाइजर राख्नै पर्ने र सवारी साधनलाई दैनिक निसंक्रमित गर्नुपर्ने नियम सरकारले तोकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत