गर्भवती र सुत्केरीलाई प्राथमिकता राखी कोरोना परिक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखी कोरोना परीक्षण गर्न अस्पताल तथा प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव सैलजा रेग्मी भट्टराईले आजको सचिव स्तरीय बैठकबाट यस्तो निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले संक्रमणबाट गर्भवती र सुत्केरीहरु समेत प्रभावित भइरहेकाले अस्पताल र प्रयोगशालामा कुनैपनि गर्भवती वा सुत्केरी महिलाको कोरोना परीक्षणका लागिस्वाब संकलन गर्नुपर्ने भएमा उनीहरुलाई प्राथमिकतामा राखी संकलन गर्ने र नतिजा आउने बित्तिकै सम्बन्धित अस्पतालमा जानकारी गराइहाल्न निर्देशन दिइएको बताउनुभयो ।
यस्तै रातो फित्ता लगाएर आएका स्वाबहरुलाई पहिलो प्राथमिकतामा राखी परीक्षण गर्न पनि भनिएको उहाँले जानकारी दिनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत