भक्तपुर क्यान्सर अस्पतालका ४ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस रोग (कोभिड - १९ पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार ल्याबका ३ र एकजना सर्जरी विभागका स्वास्थ्यकर्मी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार भक्तपुरमा १० जनालाई कोरोना पुष्टि भएको थियो । मन्त्रालयका अनुसार उपत्यकामा काठमाडौं २४ र ललितपुरमा २० थपिएका छन् ।
ईपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.बासुदेव पाण्डेले आज उपत्यकामा संक्रमण पुष्टि भएकाहरु चाबहिल, कपन, महारागञ्ज, भक्तपुर, गोदावरी, हातिवन, हरिसिद्दी लगायतका स्थानका रहेको जानकारी दिनुभयो । हाल काठमाडौं उपत्यकामा २३९ जना एक्टिभ केश रहेका छन् । काठमाडौंमा १६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना संक्रमित देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत