मास्क नलगाई निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
अ +
अ -
काठमाडौं । मास्क नलगाइकन घर बारिह निस्किए कारबाही भोग्नु पर्ने भएको छ । कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको भन्दै गृहमन्त्रालयले यस्तो निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको छ । अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने उहाँको भनाइ छ। संक्रमणको जोखिम निकै वढेपनि सर्वसाधारणहरुले मास्कसम्म नलगाई लापरवाही गरिरहेकाले यस्तो निर्णय गर्नु परेको गृहमन्त्रालयको भनाइ छ।
हेल्थपाटी
तपाईँको अभिमत