३२ देशका २३९ वैज्ञानिकको दावी : हावाबाट पनि सर्छ कोरोना
काठमाडौं । कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलनसक्ने दाबी वैज्ञानिकहरूले गरेका छन् । ३२ देशका २३९ वैज्ञानिकहरूले कोरोना भाइरस रोग हावाबाट सर्ने दाबी गरेका छन् । उनीहरूका अनुसार भाइरसको सानो - सानो कण हावामा रहन्छ जसले मानिसलाई संक्रमित बनाउँछ । वैज्ञानिकहरूले यस विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोरोना रोकथामबारे आफ्ना गाइडलाइनहरू परिवर्तन गर्न सुझाव दिएका छन् ।
डब्ल्यूएचओले कोरोना भाइरस मुख्यगरी: संक्रमित व्यक्तिले खोक्दा, हाछ्यु गर्दा उसको मुख र नाकबाट निस्किएको थुकको छिटाबाट अर्काे मानिसमा सर्ने स्पष्ट पार्दै हावाबाट पनि भाइरस सर्छ भन्ने प्रमाणका सम्बन्धमा विश्वास गर्ने आधार नरहेको बताउँदै आएको छ । डब्ल्यूएचओका संक्रमण रोकथाम तथा नियन्त्रण टिमका प्रमुख डा. बेंडेटा अलेग्रेंंजीले केही महिनादेखि हावाबाट संक्रमण हुन्छ भनेर बताइरहेपनि अहिलेसम्म यसको प्रमाण नमिलेको बताउनुभएको छ ।
बैज्ञानिकहरूले भने संक्रमितले खोक्दा, हाछ्यु गर्दा निस्कएको थुककाे छिटा एउटा कोठाको लम्बाई जत्तिको दुरीसम्म फैलने र त्यसले अर्काे मानिसलाई भाइरस सार्ने बताएका छन् । न्यू योर्क टाइम्समा प्रकासित रिपोर्टका अनुसार ३२ वैज्ञानिकहरूले डब्ल्यूएचओलाई कोरोनाबारे आफ्नो सिफारिस बदल्न संयुक्त रुपमा खुलापत्र लेखेका छन् । उनीहरूको हावाबाट कोरोना सर्ने सम्बन्धमा प्रमाणसहित डब्ल्यूएचओलाई पत्र लेखेका छन् । यो पत्र आगामि साता वैज्ञानिक पत्रिकामा प्रकासित गर्ने योजना रहेको वैज्ञानिकहरूले बताएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत