स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन शुरु हुँदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन शुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा हुन लागेको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्नुहुनेछ ।
भर्चूअल माध्यमबाट हुने सम्मेलन बिहान ९ बजे परिषदको सभालबाट सुरु हुनेछ । परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले अन्तर विषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका आज र भोलि दुई दिन चल्ने सम्मेलनमा ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटा पोस्टर प्रस्तुतिकरण हुने उहाँले जानकारी दिनुभयो ।
सम्मेलनमा जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य समता र विकास, कोभिड १९, नसर्ने रोग, मातृ स्वास्थ्य , बाल स्वास्थ्य र किशोर किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, जैविक स्वास्थ्य लगायतका ८६ वटा कार्यपत्र प्रस्तुत हुने परिषद्ले जनाएको छ ।
परिषदले प्रस्तुत भएका मौखिक प्रस्तुतिकरण र पोष्टर प्रस्तुतिकरण मध्येबाट एक एक जनालाई उत्कृष्ट प्रस्तुतिकरण अवार्ड प्रदान गर्नेछ । यसैगरी परिषदको जर्नलमा एक वर्षभरी प्रकाशित आर्टिकल मध्ये उत्कृष्ट आर्टिकललाई दुर्गादेवी ज्ञवाली स्पोन्सर्ड जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार २०२० प्रदान गरिनेछ ।
उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार २०२० , मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरुष्कार र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगेका १ जना स्वास्थ्य वैज्ञानिकलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्धारा सम्मानित गरिनेछ । यसका साथै वर्षभरी परिषदमा उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई बेस्ट पर्फमेन्स अवार्ड पनि प्रदान गरिनेछ ।
परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारी हरेक बर्ष १० देखि १२ अप्रिलमा यो सम्मेलन गर्दै आएको थियो । यसपटक कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै देशमा जारी लकडाउनका कारण सम्मेलन हुन ढिला भएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत