चिकित्सक सहित ९ स्वास्थ्यकर्मीले जिते कोरोना

फाइल तस्बिर
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मी कोरोना जितेर घर फर्केका छन् । कोरोना विशेष अस्पतालको आइसोलेसनमा दुई साताको निगरानीपछि ती स्वास्थ्यकर्मीको पुनःपीसीआर परीक्षणका क्रममा नतिजा ‘नेगेटिभ’ आएको हो।
अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले नतिजा ‘नेगेटिभ’ आएपछि उहाँहरुलाई आज डिस्चार्ज गरिएको बताउनुभयो। उहाँका अनुसार संक्रमित चिकित्सक एवं स्वास्थ्यकर्मीमा कुनै लक्षण देखिएको थिएन।
कोरोनामुक्त चिकित्सकले एक सातापछि काममा खटिने बताएका छन्। कर्णालीमा यसअघि एक हजार २०१ जना संक्रमित कोरोनामुक्त भई घर फर्किसकेका छन् । कोरोना निको भएसँगै अब आइसोलेशनमा सक्रिय संक्रमितको सङ्ख्या भने २७३ रहेको छ। संक्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ।
हेल्थपाटी
तपाईँको अभिमत