भारतबाट आएर क्वारेन्टिनमा बसेका युवाको मृत्यु

सांकेतिक फोटो
अ +
अ -
काठमाडौं । गण्डकी प्रदेशको बागलुङ जिल्लाको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित मा रहेको छोरेगाउँ माविको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। विक केही दिनअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए।
विक किड्नी सम्बन्धि रोगबाट पीडित रहेको बुझिएको छ। उनको पिसिआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिर्पोट आएपछि उनको दाहसंस्कार गरिने डा।मल्लले बताए । नेपाल सेनाले उनको शव व्यवस्थापन गर्नेछ ।
कोरोना परीक्षणका लागि केहीदिन अघि नै उनको स्वाब संकलन गरी पठाइएकोमा रिपोर्ट नआएको र रिपोर्ट आएपछि अन्त्येष्टिको तयारी भइरहेको प्रहरीको भनाइ छ।
हेल्थपाटी
तपाईँको अभिमत