पाकिस्तानका विदेशमन्त्री कुरैशीलाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुदलाई कोरोना पुष्टि भएकाे छ । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिनुभएकाे हाे ।
उहाँले लेख्नुभएकाे छ, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । मलाई कोरोना पोजेटिभ पाइएको छ ।’ कुरैशीले लेख्नुभएकाे छ, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’
उहाँले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत