ह्याम्स अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

ह्याम्स अस्पतालको छतमा ल्याण्ड गरिएको हेलिकप्टर बाँया, ह्याम्स अस्पताल दाँया । तस्बिर : ह्याम्स अस्पतालको वेबसाइटबाट ।
अ +
अ -
काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज प्रा.डा जागेश्वर गौतमले कोरोना पोजेटिभ देखिएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभएको थियो ।
उच्च रक्तचाप र पार्किन्सनको समस्या रहेका ८५ बर्षका पुरुषको असार १७ गते राती ११ बजे अस्पतालको आइसीयूमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक काठमाडौँ नयाँ बानेश्वर निवासी हुन् ।
नेपालमा हालसम्म कोरोना पोजेटिभ देखिएकाको मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत