संक्रमणको जोखिम बढेको भन्दै शुक्रबारबाट लकडाउनमा कडाइ गर्ने निर्णय
कर्णाली । लकडाउन खुकुलो भएपछि कोरोना संक्रमणको बढेको भन्दै कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि लक डाउन कडा गरिने निर्णय गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सुर्खेतले लकडाउन कडाई गर्नै निर्णय गरेको हो ।
लकडाउन भएपछि कर्णालीको प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा चहलपहल धेरै भएको थियो । भीडभाड धेरै हुँदा संक्रमणको जोखिम धेरै भएकाले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबारदेखि बजार खोल्ने र सवारीसाधन चलाउन निश्चित समय र मापदण्ड तयार गर्न लागेको हो । बैठकले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल खोल्न तथा व्यवसाय सञ्चालन गर्न पाउने
अटो रिक्सालगायतका तीन पाङ्गे्र सवारी साधनमा रोक लगाइने, जोरबिजोर प्रणालीअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेलगायतका निर्णयहरु गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंक कर्मचारी, क्वारेन्टिनमा खटिएका व्यक्ति र समुदायका व्यक्तिहरूमा कोरोना संक्रमण देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत