१० दिनमा तयार भयो १० हजार बेडको कोरोना अस्पताल
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाका बिरामी उपचार गर्न १० हजार बेडको अस्पताल निर्माण भएको छ । यो विश्वकै ठुलो अस्पतालमध्ये एक रहेको छ । राधाश्वामी धार्मिक केन्द्रमा १० दिनमा १० हजार बेडको अस्पताल निर्माण गरिएको उच्च अधिकारी बीएम मिश्रले जानकारी दिनुभयो ।
हाल २ हजार बेड चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले भरिएको भने बाँकी बेडमा जुलाई ५ देखि बिरामी राखिने उहाँले बताउनुभयो । हलुका रहेको बेडको २ वर्षको वारेन्टी रहेको र ३ सय किलोग्राम सम्मको क्षमता रहेको जनाइएको छ । वाटरपु्रफ रहेको बेडलाई प्रतिबेड १ हजार २ सय रुपिया खर्चेको अधिकारीहरुले बताएका छन् ।
२ करोड २५ लाख जनघनत्व रहेको दिल्लीमा मात्रै ८७ हजार मानिसलाई कोरोना भाइरस संक्रमण हुनुका साथै २ हजार ७४२ को मृत्यु भएको छ । संक्रमण बढेपछि अस्पतालहरुमा बेडको अभाव भएको छ । भारतमा ५ लाख भन्दा बढीलाई कोरोना पुष्टि भएको छ । १७ हजार बढीको मृत्यु भएको छ । एजेन्सी
तपाईँको अभिमत