बारामा चट्याङले लाग्दा चार महिलाको ज्यान गयो
अ +
अ -
बारा । प्रदेश २ को बारा जिल्लामा चट्याङले लागेर चार महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले बाराले दिएको जानकारी अनुसाकलैया उपमहानगरपालिका–१२ शितलपुरमा दुई जना र फेटा गाउँपालिका–१ मा दुई जनाको मृत्यु भएको हो ।
शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको चट्याङ लागेर मृत्यु भएको हो । त्यसैगरी फेटामा घरमै चट्याङ लग्दा ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । उनीहरु दुवै जना एकै घरका हुन्।
चट्याङ लागेर फेटामा पाँच जना घाइते भएका छन् । घाइतेलाई अस्पताल लगिएको र मृतकको शव परीक्षणका लागि कलैया अस्पतालमा ल्याउने तयारी भइरहेको छ।
तपाईँको अभिमत