काठमाडौं उपत्यकाबासीकाे काेराेना परीक्षण गरिने
उपत्यकामा संक्रमणको स्रोत खोजिदै

फाइल फोटो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रै कोरोना भाइरस रोग (कोभिड - १९) संक्रमण बढ्न थालेपछि संक्रमणको स्रोत खोजी गर्न विभिन्न स्थानमा स्वाब संकलन गर्ने भएको छ ।
केही दिनयता काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राभल हिस्ट्री नभएकामा पनि कोरोना परिक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.बासुदेव पाण्डेले उपत्यकाको तीनै जिल्लामा १० देखि १२ स्थानका स्थानियबासीको स्वाब संकलन गरि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले एक स्थानमा एक सय देखि दुई सय जनासम्मको परीक्षण गरिने बताउनुभयो।

डा.बासुदेव पाण्डे
उहाँले भन्नुभयो, “जहाँ–जहाँका बासिन्दालाई कोरोना पुष्टि भएको छ त्यस स्थान हेरि संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा शुक्रबारबाट स्थानिएको पीसीआर परीक्षण गर्छाै” । “कतिपय व्यक्तिको ट्राभल हिस्ट्री नै छैन र पनि कोरोना संक्रमण भएको पाइयो त्यसैले संक्रमणको स्रोत के हो ? कहाँ छ ? तरकारी बजार पनि हुनसक्छ, पसल पनि हुन सक्छ या अरु कुनै स्थान ? त्यहि पत्ता लगाउन हामीले पीसीआर परीक्षण गर्न खोजेका हौं” ।
भैसीपाटीका एक बालकलाई संक्रमण भयो तर ट्राभल हिस्ट्री छैन, उनको बाबु कुरियर अफिसमा कार्यरत हुनुहुन्छ, हामी कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं र समुदायमा संक्रमण फैलिएको हो या होइन भन्नाका लागि परीक्षण गर्न लागेका हौं, स्रोत पत्ता लगाउन पर्यो नि पाण्डेले थप्नुभयो ।
कोभिड १९ जनावरबाट सरेको भएपनि कुन जनावर हो अझै थाहा नभएको अवस्थामा काठमाडौं उपत्यकामा संक्रमण देखिएको कोरोना पहिलै जनावरमा रहेको कोरोना भाइरस हो वा (कोभिड - १९) हो भन्ने पत्ता लगाउन भाइरसको स्ट्रेन अध्ययन गर्नपर्ने देखिएको पाण्डेको भनाइ छ ।
बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा ४ स्वास्थ्यकर्मीसहित १७ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडा अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ भने ३० जनाको मृत्यु भइसकेको छ ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत