काठमाडौं र ललितपुरमा ३ अस्पतालका ४ स्वास्थ्यकर्मीलाई कोरोना

फाइल फोटो
अ +
अ -
काठमाडौं । काठमाडौं र ललितपुरमा आज कोरोना संक्रमण पुष्टि भएकामध्ये ४ जना स्वास्थ्यकर्मी रहेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.बासुदेव पाण्डेका अनुसार काठमाडौंको बयोधा अस्पतालका एक,ललितपुरको हात्तीवनस्थित क्यान्सर अस्पतालका आइसीयूमा कार्यरत एक र अल्का अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेका छन् ।
उहाँले लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढेपछि उपत्यकामा संक्रमण बढ्न थालेको बताउनुभयो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंका १०, भक्तपुरका २ र ललितपुरका ५ गरि १७ जनालाई कोरोना पुष्टि भएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत