स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलकाे राजिनामा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले पदबाट राजिनामा दिनुभएको छ । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजिनामा पत्र बुझाउनु भएको छ । राजिनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री, राज्यमन्त्री लगायतलाई बोद्यार्थ दिइएको छ ।
खुल्ला प्रतिस्पर्धा मार्फत छनौट भएका पोखरेललाई लोक सेवा आयोगको सिफासिमा मन्त्रिपरिषदले डेढ वर्षअघि नियुक्त गरेको थियो । उहाँको कार्यअवधी चार बर्षको थियो ।
तर पछिल्लो समय स्वास्थ्य मन्त्रालयले उहाँ सहित बीमा बोर्डका सबै पदाधिकारीहरुलाई जिम्मेवारीपूर्वक काम गर्न नसकेको भन्दै दुई पटक स्पष्टीकरण सोधेको थियो । पोखरेल स्वास्थ्य बीमा बोर्डमा २०७५ मंसिर २३ मा उहाँ नियुक्त हुनुभएको थियो ।
तीन दिन भित्र तपाईँलाई किन नहटाउने भन्दै मन्त्रालयबाट पत्र आएपछि आफु राजीनामाको निष्कर्षमा पुगेको पोखरेलले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत