कोरियामा पनि कोरोना उपचारमा रेम्डिसिभिर औषधिको प्रयोग सुरु
उत्तर कोरियामा पनि कोरोना परीक्षण

फोटो : रोयटर्स
काठमाडौं । दक्षिण कोरियामा पनि कोरोना भाइरस रोग (कोेभिड - १९) का बिरामीलाई रेम्डिसिभिर औषधिको प्रयोग सुरु गरिएको छ । योनहाप समाचार एजेन्सीका अनुसार ईबोला रोगको उपचारमा प्रयोग गरिएको औषधि रेम्डिसिभिर कोरोनाका बिरामीमा पनि सुरु गरिएको छ ।
यो औषधि गम्भिर किसिमका संक्रमितलाई मात्रै प्रयोग गरिन्छ । यो औषधिको प्रयोग भारतमा पनि भइरहेको छ । कोरियामा हालसम्म १२ हजार ८५० जनालाई कोरोना पुष्टि भएको छ भने २८२ जनाको मृत्यु भएको छ ।
यसैबीच उत्तर कोरियामा ९२२ जनालाई कोरोनाको परीक्षण गरिएको छ । त्यहाँ कोरानाका बारेमा बिगत २ महिनामा गरिएको यो पहिलो अपडेट हो । परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ रहेको कोरियाक लागि विश्व स्वास्थ्य संगठन प्रतिनिधीले जानकारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हेल्थपाटी 
तपाईँको अभिमत