स्वास्थ्यकर्मी संघसंगठनको जोखिमभत्तादेखि सुरक्षासम्मका १२ बुँदे माग
काठमाडौं । स्वास्थ्यसँग सम्बद्ध विभिन्न पेशागत संघसंगठनले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुणस्तर मेडिकल सामग्री उपलब्ध गराउनुपर्ने, जोखिमभत्ता उपलब्ध गराउनुपर्ने तथा बिमाको अन्यौलतालाई समाधान गर्नुपर्ने लगायतका माग राखेका छन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटी नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, मेडिकल ल एसोसिएसन अफ नेपाल, नेपाल जनस्वास्थ्य संघ, अखिल नेपाल राष्ट्रिय प्रगतिशिल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, नेपाल डेन्टल साइन्स् हाइजिनिष्ट एसोसिएसन, नेपाल फिजियोथेरापी संघ, मधेशी स्वास्थ्यकर्मी संघ, हेल्थ असिस्टेन्ट संघ, नेपाल आयुर्वेद स्वास्थयकर्मी समाज, मेडिकल ल्यावोरेटोरी एसोसियसन अफ नेपाल, नेपाल अल्थाल्मीक असिस्टेन्ट सोसाइटीका प्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
स्वास्थ्यकर्मी पेशागत संघसगठनहरुले मन्त्री ढकाललाई बुझाएको ज्ञापनपत्र यस्तो छ ।
१.दर्जनौको संख्यामा स्वास्थ्यकर्मीहरु दिन दिनै संक्रमित भइसकेका र यो क्रम अझै बढ्दै गइरहेको अबस्थामा स्वास्थ्यकर्मीहरुका लागी पर्याप्त मात्रामा गुणस्तरयुक्त सुरक्षाका सामग्रीहरु उपलब्ध गरियोस् ।
२. जोखिम भत्ता आदेश, २०७७ ले सबै स्वास्थ्यकर्मीहरुलाई सम्बोधन गर्न नसकेकोले तत्काल सो संसोधन गरी सम्पूर्ण स्वास्थ्यकर्मीहरुले कामको प्रकृतीको आधारमा जोखिम भत्ता पाउने ब्यबस्था हुने गरी तत्काल जोखिम भत्ता निर्देशिका बनाइ लागु गरियोस् ।
३. बन्दावन्दिको समयमा अन्य सेवाका कर्मचारीहरुलाई तलबी बिदा दिइएको तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका कर्मचारीहरुलाई बिदा समेत नदिई पूर्ण समय काममा लगाउदा पनि जोखिम वा प्रोत्साहनको व्यबस्था नभएको हुनाले सो को ब्यबस्थापन गरियोस् ।
४.कोभीड १९ संक्रमणको पहिचान, रोगथाम, नियन्त्रण तथा उपचारमा संलग्न सरकारी निजी सामुदायिक गैर सरकारकी क्षेत्रका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नेपाल सरकारले घोषणा गरेको बिमा रकमका सम्बन्धमा अन्यौल भएको हुनाले प्रिमियम र दाबी कसले र कसरी गर्ने, विमा कम्पनि कुन हुने, कोभिड १९ पोजेटिभ भएमा कस्तो बिमा हुने, कोभिड १९ का कारणले मृत्यु भएमा के कसरी बिमा रकम पाउने, कोभिड १९ का लागि काम गर्दै गर्दा दुर्घटना,अंगभंग भएमा वा मृत्यु भएमा के कसरी बिमा रकम पाउने, अस्थायी, ज्यालादारा, करार आउटसोर्स, स्वम्सेवक निजी सहकारी सामदायिक स्वास्थ्य संस्थामा कापस बीमा कसरी पाउने आदि जस्ता विषयहरु स्पष्ट हुने गरी तत्काल कार्यबिधि बनाई लागू गरियोस् ।
५. जनसंख्याको आधारमा स्वास्थ्यकर्मीहरुको संख्या कम भइरहेको अबस्थामा स्वास्थ्यकर्मीहरुको दरबन्दी कटाइ संरचना स्विकृत गरिएको हुनाले स्वास्थ्यकर्मीहरुलाई ओभर लोड भएको, सेवाग्राहीले सेवा नपाइ रहेको वा कम सेवा पाएको हुनाले तत्काल दरबन्दिको पुनसंरचना स्वास्थ्यकर्मीहरुको सेवामा बृद्धि गरियोस् ।
६. स्वास्थ्यकर्मीहरु माथी भौतिक आक्रमण बारम्बार भइ रहने, कतिपय स्थानमा घटना घटि सके पश्चात उजुरी नै नलिने, उजुरी लिएता पनि कारबाही गर्न आनाकानी गर्ने जस्ता कार्यहरु भएका हुनाले सो अबस्थामा तत्काल कारबाहीको ब्यबस्था गरी स्वास्थ्यकर्मीहरुले निर्बाध सेवा गर्ने बातावरण सृजना गरियोस् ।
७. आरडीटि र पसीआरका सम्बन्धमा परिक्षण प्रोटोकल नै प्रष्ट नभएको, नमूना संकलन गरेर पनि परिक्षणमा लामो समय लगाइएको, परिक्षणको नतिजा ढिलो आएको, १४ दिन क्वारेन्टाइनमा बसेर पनि परिक्षण नगरी पठाइएको जस्ता कारणहरुबाट स्वास्थ्यकर्मीहरु माथि आक्रमण बढेको हुनाले स्वास्थ्यकर्मीहरु सुरक्षित बनाउन आवश्यक कदम चालियोस् ।
८. सबै क्षेत्रका स्वास्थ्य ब्यबसायीहरुलाई ध्यानमा राखी सेवा प्रोटोकलहरु बनाइ लागु गरियोस् ।
९. क्वारेन्टिनको ब्यवस्थापन कमजोर भएको, अपर्याप्त स्वास्थ्यकर्मीहरु र अत्याधिक कार्य चाप हुनाले स्वास्थ्यकर्मीहरुले जोखिम बहन गरि रहेका कारण तोकिएको मापदण्ड बमोजिम क्वारेन्टिनहरु संचालन र ब्यवस्थापन गरियोस् ।
१०.कोभिड १९ लाई केन्द्रीकृत गरी संचालनमा ल्याइएका अस्पतालहरुको संचालन प्रभावकारी नभएको हुनाले ती अस्पतालहरुमा सेभियर केस र क्रिटिकल केसको ब्यवस्थापन हुने गरी बेड संख्याको ब्यबस्था गरियोस् । कोभिड १९ को संक्रमणको पहिचान, रोगथाम, नियन्त्रण तथा उपचार सम्बन्धि कार्यमा सम्लग्न बिभिन्न निकायहरुका बिचमा संघीय स्तरमा समन्वयको अभाब, संघीय, प्रदेश तथा स्थानिय सरकारहरुका बिच र बिभिन्न सरकारहरु र स्वास्थ्यकर्मीहरुका बिच समन्वयको अभाब भएको हुनाले सबै तह र क्षेत्रसंग आबश्यक समन्वय गरियोस् ।
११.स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ संग सम्बन्धि बिभिन्न तालिम प्रदान गरियोस् ।
१२. स्वास्थ्यकर्मीहरुको करिब बिगत २ बर्षबाट स्तरबृद्धि नभएको हुनाले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुलाई मर्कामा परि रहेका कारण सोहि मितिबाट सेवा सुबिधा पाउने गरि तत्काल स्तरबद्धि गर्न र हाल निवेदन दिन बिभागहरूमा आउनका लागी असहज परिस्थिति भएको हुनाले बैकल्पिक ब्यबस्था गरि नयाँ निवेदनहरु संकलन गर्ने ब्यबस्था गरियोस् ।
हेल्थपाटी
तपाईँको अभिमत