जनार्दन शर्मा 'प्रभाकर'को पहलमा रुकुममा पीसीआर मेशिन जडान
रुकुम । कोरोना परीक्षणको दायरालाई बढाउन चौरजहारी नगरपालिका रुकुम पश्चिमले पिसिआर मेसिन खरिद गरेको छ । क्वारेन्टिनमा बसेकाहरुको स्वाब संकलन गरी प्रदेश राजधानी सुर्खेत र दाङमा पठाईएका स्वाबको रिपोर्ट आउन ढिला हुँदा स्वाब होल्डमा रहेकाले नगरले मेसिन खरिदको लागी एक साता पहिले सुचना जारी गरेको थियो ।
नगरपालिकाले कोभिड – १९ को उपचार तथा प्रतिकार्यका लागी पिसिआर मेसिन ल्याव सेटअप उपकरण खरिद गरी जडान कार्य सुरु गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट आएको बायोम्याट्रिक डाक्टर र प्रयोगशालाका कर्मचारीहरु मेसिन जडान कार्यमा जुटेका छन ।
मेसिन संचालनको लागी आवश्यक पर्ने विद्युतको थ्रीफेज लाईन जडान र जेनेरेटर खरिदको काम भइरहेको छ । सामग्री खरिदका लागी नगरपालिका र मेडिसोलुसन प्रालि विच भएको सम्झौता अनुसार १ करोड २३ लाख बराबरको पीसीआर मेसिन खरिद गरीएको हो ।
मेसिन जडान गरी संचालनमा आएसँगै रुकुम सल्यान जाजरकोट र डोल्पा जिल्लाका व्यक्तिहरुको स्वाब संकलन गरी टेष्ट गर्न सहज हुने नगर प्रमुख विशाल शर्माले वताउनुभयो । उहाँले भन्नुभयो, पुर्वगृहमन्त्री तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्माको पहलमा रुकुममा ३ वटा आइसोलेसन भवन निर्माण भएको थियो अहिले उहाँकै पहलमा पीसीआर मेसिन रुकुम पश्चिममा आएको हो अब कोरोना परीक्षणमा सहज हुनेछ ।
जिल्ला आयुवेर्दिक अस्पतालको भवनमा सेटअप गरीएको मेसिनले एकपटकमा ९६ जनाको स्वाब टेष्ट गर्न सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लाका डाक्टर न्रिपेश थापाले बताउनुभयो । रुकुम पश्चिमका ३ नगरपालिका र ३ गाउँपालिकामा ५ सय ९२ जना मानिस क्वारेन्टिनमा बसेको कोरोना फोकल पर्सन रुकुम पश्चिमका ईश्वरी रावलले वताउनुभयो । त्यसमध्ये ४ सय ५० जनाको रिपोर्ट आउन बाँकी छ । रुकुम पश्चिमको चौरजहारी अस्पतालको आईसोलेसनमा २ जना पुरुषको उपचार भैरहेको छ ।
गोपाल रेग्मी
तपाईँको अभिमत