स्वास्थ्य सेवातर्फ स्तरवृद्धि प्रक्रृया अघि बढ्यो, अनलाइन फाराम भर्न आह्वान
अ +
अ -
काठमाडौं । स्वास्थ्यमा विगत २ वर्षदेखि रोकिएको स्तरवृद्धिको प्रक्रृया अघि बढ्ने भएको छ । स्वास्थ्य सेवा विभागले एक सूचना जारी गरी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिम तोकिएको सर्त पूरा भएका कर्मचारीहरुको स्तरवृद्धिका लागि अनलाइन फारम भर्न आह्वान गरेको छ ।
स्वास्थ्य सेवा ऐन नियमावली, २०५५ को नियम ८४(क) बमोजिम असार सम्ममा स्तरवृद्धि हुन सर्त पूरा भएका कर्मचारीहरुलाई असार ३१ गतेभित्र फारम भर्न विभागले अपिल गरेको छ । स्तरवृद्धि रोकिँदा ५ हजार भन्दा बढी कर्मचारी मर्कामा परेका छन् । स्वास्थ्य सेवा ऐन अनुसार प्रत्येक ६ महिनामा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि हुने व्यवस्था छ ।
हेल्थपाटी
तपाईँको अभिमत