ललितपुरकाे स्टार अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि
काठमाडौ। ललितपुरको स्टार अस्पतालमा मृत्यु भएका २९ बर्षीय पुरुषमा कोरोना भाइरस रोग (कोभिड-१९) पुष्टि भएको छ । दमको बिरामी रहेका ती पुरुषको शनिबार राति मृत्यु भएको हो । मृतकको स्थायी घर रौतहट रौतहट रहेको छ ।
ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले आइसीयूमा उपचारका क्रममा मृत्यु शनिबार राती मृत्यु भएको र उनको पीसीआर परीक्षणको रिपोर्ट आज आएको जानकारी दिनुभयो । ती बिरामीलाई कुनै अस्पतालले उपचार गर्न नमानेपछि दिनभर चहार्दा अन्तिममा स्टार अस्पताल पुगेका थिए ।
तर अस्पताल भर्ना भएको १० मिनेटमा नै बिरामीको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।गेलालले शब व्यवस्थापनको तयारी भइरहेको बताउनुभयो । यो संगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत