२४ घण्टामा ४६३ कोरोना संक्रमित थपिए, ३०१३ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४६३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले १०५ महिला र ३५८ पुरुष गरी ४६३ जना कोरोना संक्रमित थपिएको जानकारी दिनु भएको हो ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ। ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
पछिल्लो २४ घण्टामा १३ महिला र १६६ जना गरी १७९ जना कोरोना संक्रमित डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । हालसम्म डिस्चार्ज हुनेमा २७५८ पुरुष र २५५ जना महिला गरी ३०१३ जना छन् ।
प्रवक्ता गौतमका अनुसार पछिल्यो २४ घण्टामा २२ वटा प्रयोगशालामा ४९६२ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । २७३२ जनाको आरडीटी परीक्षण गरिएको छ। ६१७३१ जना क्वारेन्टाइनमा रहेका छन् । ९७३१ जना संक्रमित आइसोलेनसनमा रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत