७७ वटै जिल्लामा कोरोना संक्रमण, संख्या १२ हजार ३०९
थपिए ५५४ संक्रमित, एक जनाको मृत्यु

काठमाडौं । नेपालमा रसुवामा पनि कोरोना भाइरस रोग(कोभिड १९) का संक्रमित भेटिएका छन् । रसुवामा ८ महिला र १ पुरुष गरि ९ जनालाई कोरोना पाजेटिभ पुष्टि भएको छ । यो सँगै देशभरमा ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा ४८६ पुरुष र १०७ महिला गरि पछिल्लो २४ घण्टामा ५५४ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो ।
यो संगै कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । जसमा महिलाको संख्या १ हजार ३६९ र पुरुषको संख्या १० हजार ९४० रहेको छ । पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भएसँगै देशभर डिस्चार्ज हुनेको सख्या २ हजार ८३४ पुगेको छ । यस्तै आज थप एक संक्रमितको मृत्यु भएको छ । हालसम्म २८ जना कोरोना पोजेटिभ देखिएका व्यक्तिको मृत्यु भएको छ ।
प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ६०६ जनाको पीसीआर परीक्षण भएसंगै हालसम्म पीसीआरबाट परीक्षण भएको संख्या २ लाख १० हजार ८७७ पुगेको जानकारी दिनुभयो । क्वारेन्टिनमा आज ६५ हजार ७१२ जना छन् । आरडीटिबाट हालसम्म २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा ३ हजार ६८५ जनाको परीक्षण भएको छ ।
तपाईँको अभिमत