थपिए ५९३ संक्रमित, संख्या ११ हजार ७५५ पुग्यो
अ +
अ -
काठमाडौं । नेपालमा थप ५९३ जनालाई कोरोना भाइरस रोग (कोभिड १९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४८६ पुरुष र १०७ महिलालाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । जसमा महिलाको संख्या १ हजार २४९ र पुरुषको संख्या १० हजार ५०६ रहेको छ । संक्रमण ७७ जिल्लामध्ये रसुवाबाहेक सबै जिल्लामा फैलिएको छ ।
२ हजार ६९८ जना डिस्चार्ज भए
पछिल्लो २४ घण्टामा ४८ जना डिस्चार्ज भएसँगै देशभर डिस्चार्ज हुनेको सख्या २ हजार ६९८ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत