कर्णालीमा थपिए २६ संक्रमित, २८ जना डिस्चार्ज

फाइल तस्बिर
अ +
अ -
सुर्खेत । कर्णाली प्रदेशमा थप २६ जनालाई कोरोना भाइरस रोग (कोभिड १९) रोग पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णालीले दिउसो १ :२७ बजे गरेको अद्यावद्यिक अनुसार सुर्खेतका १२, दैलैखका ५, सल्यानका ३, जाजरकोटका २, मुगुका १, काठमाडौंका १, सुर्खेतका १ र जुम्लाका १ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।
कर्णालीमा संक्रमितको संख्या १ हजार ४३३ पुगेको छ भने मृतकको संख्या ६ रहेको छ । यस्तै ७२० जना डिस्चार्ज भएका छन् । आज २८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत