कोरोनाको लक्षण देखिएकी युवतीको अस्पतालको आइसोलेसनमा मृत्यु

फाइल फोटो
काठमाडौं । सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत युवतीको महिलाको मृत्यु भएको छ । महोत्तरी पाटु घर भएकी २१ वर्षीय युवतीको बिहीबार राति मृत्यु भएको सिन्धुली अस्पतालले जनाएको छ। ज्वरो र श्वासप्रश्वासको विरामी रहेकी युवती बिहीबार दिउँसो अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।
महोत्तरीको घरबाट सार ३ गते सिन्धुलीको घ्याङलेख गाउँपालिका–१, सिम्लेमा रहेको माइतीमा आएकी युवतीलाई चार/पाँच दिन अघिबाटै ज्वरो आएको भएपनि घरमै राखिएको थियो । उनलाई अस्पतालमा ल्याउन ढिला भएकाले मृत्यु भएकJ अस्पतालका चिकित्सकहरुको भनाइ छ।
मृत्यु भएकी युवतीमा कोरोनाको लक्षण देखिएकाले स्वाब संकलन गरी शुक्रबार बिहानै हेटौंडा पठाइएको छ । महिलाको सम्पर्कमा आएका आफन्त उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई क्वारेन्टाइनमा बस्न भनिएको छ। सुरक्षा अपनाइ शव व्यवस्थापनको तयारी भइरहेको छ।
हेल्थपाटी
तपाईँको अभिमत