चट्याङ लागेर भारतमा १०७ जनाको मृत्यु, दर्जनौं घाइते
दिल्ली । भारतको बिहार र उत्तर प्रदेशमा चट्याङ लागेर १०७ जनाको मृत्यु भएको छ । आपत् प्रवन्धन विभागले साँझ ६ः ३० बजे प्रकाशित गरेको आँकडा अनुसार बिहारमा चट्याङ लागेर ८३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
बिहारको २३ जिल्लामा चट्याङ परेको थियो । जसमा सबैभन्दा धेरै नेपालगञ्जमा क्षति पुगेको छ ।
बिहारको उत्तरप्रदेस सरकारले चट्याङ लागी मृत्यु भएकाको परिवारलाई राहत स्वरुप प्रति परिवार चार लाख दिने भएको छ । यस्तै उत्तर प्रदेशमा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
चट्याङका कारण भएको मानवीय क्षतिप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । अहिले पनि भारतका विभिन्न स्थानमा वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत