झुण्डिएको अवस्थामा फेला परेका युवालाई कोरोना पुष्टि

प्रतिकारात्मक तस्बिर
सुर्खेत । दैलेखमा झुण्डिएको अवस्थामा फेला परेका एक युवालाई कोरोना भाइरस रोग(कोभिड १९)को पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नं. १० गमौडीका २१ वर्षीय युवा असार ९ गते झुण्डिएको अवस्थामा फेला परेका थिए । भारत अहमदावादबाट फर्किएर दैलेखमा १४ दिनको क्वारेन्टिन बस्दा आरडीटिमा नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो ।
क्वारेन्टिनबाट घर पठाइएको १६ दिन पछि युवा झुन्डिएको अवस्थामा फेला परेका थिए । असार १० गते दुल्लु अस्पताल ल्याइ पोष्टमार्टम गरिएको र मृतकको पीसीआर परीक्षण गर्दा आज दिउसो ४ बजे रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ । मन्त्रालयका अनुसार मृतकको शव व्यवस्थापनको कार्य भइरहेको छ । कर्णालीमा कोरोना पोजेटिभ पुष्टि भएका ६ जनाको मृत्यु भइसकेको छ ।

तपाईँको अभिमत