काठमाडौं, भक्तपुर र ललितपुरमा थप ९ जनालाई कोरोना

काठमाडौं । कोरोना भाइरस रोग(कोभिड १९)को संक्रमण नफैलिएको जिल्ला रसुवा मात्रै हो । अरु ७६ जिल्लामा संक्रमण फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४: १५ मा सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ११ हजार १६२ जनालाई संक्रमण पुष्टि भएको छ । जसमा महिलाको संख्या १ हजार १४२ र पुरुषको संख्या १० हजार २० रहेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३८६ पुरुष र ४८ महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ४, भक्तपुरका ४, ललितपुरका १, झापाका १, सुनसरीका ६, मोरङका १, धनुषाका ९, महोत्तरीका ५, सिरहाका २, अछामका १३, बैतडीका १, बझाङका १८, बाजुराका १२, डडेल्धुराका १२, कैलालीका ३, कञ्चनपुरका ६०,रौतहटका ३८, सर्लाहीका ५, पाल्पाका १२२, बाराका १, डोल्पाका १, नवलपरासीका ८,तनहुँका ९, बाग्लुङका २, म्याग्दीका ६,स्याङजाका १, प्यूठानका ७, रुपन्देहीका ७, बाँकेका ४, रुकुमपूर्वका १, बर्दियाका ६, बैतडीका २, दैलेखका १९ जना रहेका छन् ।
यस्तै आजै दार्चुलाका १, धादिङका २, इलामका १, कैलालीका १, जुम्लाका २, कालिकोटका ३, कास्कीका १, सल्यानका १, सुर्खेतका १३,दाङका १, गोरखाका २, गुल्मीका १, खोटाङका १, ओखलढुंगाका २, रामेछापका २, ताप्लेजुङका ३ र लमजुङका १ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । हालसम्म नेपालमा २६ कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ६५० जना डिस्चार्ज भएका छन् ।
तपाईँको अभिमत