थप ४३४ लाई कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार १६२

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ४३४ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ३८६ पुरुष र ४८ महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।
जसमा महिलाको संख्या १ हजार १४२ र पुरुषको संख्या १० हजार २० रहेको छ । संक्रमण ७७ जिल्लामध्ये रसुवाबाहेक सबै जिल्लामा फैलिएको छ । पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु भएको छ । हालसम्म २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
२ हजार ६५० जना डिस्चार्ज भए
पछिल्लो २४ घण्टामा ३१२ जना डिस्चार्ज भएसँगै देशभर डिस्चार्ज हुनेको सख्या २ हजार ६५० पुगेको छ ।
पीसीआर परीक्षण
पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जनाको पीसीआर परीक्षण भएसंगै हालसम्म पीसीआरबाट परीक्षण भएको संख्या १ लाख ९९ हजार ६३७ पुगेको छ । क्वारेन्टिनमा आज ७४ हजार २२ जना छन् । आरडीटिबाट हालसम्म २ लाख ८७ हजार ८६३ जनाको परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा ४ हजार १६७ जनाको परीक्षण भएको छ । आइसोलेसनमा ८ हजार ४८६ जना संक्रमित बसिरहेका छन् ।
तपाईँको अभिमत