काठमाडौंमा दादुरा रुबेला विरुद्धको खोप अभियान सूचारु
![](https://healthpati.com/public/media/2020_06/56c3b4acddcfe133987b1980c43992fa.jpg)
काठमाडौं । कोरोना भाइरस रोग (कोभिड १९) को जोखिमका कारण स्थगित भएको दादुरा रुबेला विरुद्धको खोप सञ्चालनमा आएको छ । आजदेखि काठमाडौं महानगरपालिकामा दादुरा रुबेलाको खोप सञ्चालनमा आएको परिवार कल्याण महाशाखा अन्तर्गत खाप शाखा प्रमुख डा.झलक गौतमले जानकारी दिनुभयो । उहाँले नजिकैका स्वास्थ्य केन्द्रहरुमा ९ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप लगाउन सकिने बताउनुभयो ।
लकडाउनका कारण केही स्थानहरुमा खोप कार्यक्रम स्थगित भएको थियो काठमाडौंमा आजदेखि सूचारु भएको छ र यो खोप अभियान २० गतेसम्म चल्नेछ उहाँले भन्नुभयो, दादुरा अति संक्रामक रोग हो एक जना संक्रमितले वरपरका १६ बालबालिकालाई रोग सार्नसक्छ त्यसैले नछुटाई खोप लगाउनुपर्छ । गौतमले दादुरा रुबेलाको खोप अधिकांश स्थानका बालबालिकालाई लकडाउनकै अवधिमा लगाइसकेको जानकारी दिदैै २० गतेसम्म काठमाडौंमा १ लाख बालबालिकालाई खोप दिइने योजना रहेको बताउनुभयो ।
तपाईँको अभिमत