३०० जनामा कोरोना विरुद्धको खोपको परीक्षण गर्दै बेलायत
अ +
अ -
काठमाडौं । बेलायतले कोरोना भाइरस रोग (कोभिड १९) विरुद्धको खोपको मानव परीक्षण सुरु गर्दैछ । यसैसाता इन्पेरियल कलेज लण्डनमा हुने खोप परीक्षणमा करिव ३०० स्वम्सेवीलाई सहभागि गराइनेछ ।
जनावरमा यो खोपको परीक्षण सफल भएको र यसले रोग प्रतिरोधी क्षमतालाई थप बढाउन मद्दत मिल्ने बताइएको छ । अहिले विश्वभर कोरोना विरुद्धका करिब १२० प्रकारका खोप बनाउने प्रयास जारी छ । तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ ।
यी १३ स्थानमध्ये पाँच चीन, तीन अमेरिका र दुई बेलायतमा छ । जबकी अष्ट्रेलिया, रुस र जर्मनीको एक–एक स्थानमा ट्रायल चलिरहेको छ । बीबीसी ।
तपाईँको अभिमत