असार २२ र २३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाँइदै
काठमाडौं । कोरोना भाइरस रोग(कोभिड - १९) को जोखिमका कारण रोकिएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामि २२ र २३ गते सञ्चालन हुने भएको छ । दोस्रो चरणको भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते रहेकोमा कोरोनाका कारण स्थगित भएको थियो ।
बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम हुँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरूमा कोभिड़ १९ को जोखिमबाट सुरक्षित रहने उपायहरु अबलम्बन गर्दै भिटामिन ए कार्यक्रम सञ्चालन गर्न सातै प्रदेशलाई निर्देशन दिएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत