थप ६२९ लाई, संक्रमितको संख्या १० हजार ७२८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ६२९ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ५१९ पुरुष र ११० महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको जानकारी दिनुभयो ।
आज संक्रमण पुष्टि हुनेहरुमा झापाका ११, सुनसरीका १, मोरङका १, सप्तरीका ६, धनुषा २०, महोत्तरीका १२, सर्लाहीका १८, अछामका १४, बैतडीका ४, बाजुराका ८, डोटीका ४८, कैलालीका ४८, कञ्चनपुरका ८६, पर्वतका २, रौतहटका ४४, धादिङका २, काठमाडौंका १, चितवनका १, तनहुँका १, नवलपरासी पूर्वका ५, पाल्पाका १५, भक्तपुरका १, गोरखाका ३ , कास्कीका ९, बाग्लुङका ९, लमजुङका ५, पर्वतका १, स्याङजाका ७, गुल्मीका ५, कपिलवस्तुका १, रुपन्देहीका १, बाँकेका ९, बर्दियाका १, दाङका ७६, प्यूठानका १०, जाजरकोटका १, सुर्खेतका १४, दैलेखका ४, कालिकोटका १, कैलालीका १०३ रहेका छन् ।
यो संगै कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । संक्रमण ७७ जिल्लामध्ये रसुवाबाहेक सबै जिल्लामा फैलिएको छ । हालसम्म कोरोना पोजेटिभ देखिएका २४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ११४ जना डिस्चार्ज भएसँगै देशभर डिस्चार्ज हुनेको सख्या २ हजार ३३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८२८ जनाको पीसीआर परीक्षण भएसंगै हालसम्म पीसीआरबाट परीक्षण भएको संख्या १ लाख ९३ हजार ९४ पुगेको छ । क्वारेन्टिनमा आज ७८ हजार ६ सय ३९ जना छन् । आरडीटिबाट हालसम्म २ लाख ८३ हजार ६९६ जनाको परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा १२ हजार ११२ जनाको परीक्षण भएको छ । आइसोलेसनमा ८ हजार ३६६ जना संक्रमित बसिरहेका छन् ।
तपाईँको अभिमत