कर्णाली प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीलाई कोरोना, अस्पतालका सेवा बन्द
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक मंगल रावलले जानकारी दिनुभयो ।
एकसातादेखि अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरुको सिफ्ट परिवर्तन गर्ने बेलामा परीक्षण गर्दा ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको निर्देशक रावलले बताउनुभयो ।
अस्पतालका स्वास्थ्यकर्मीमै कोरोना देखिएपछि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको रावलले जानकारी दिनुभयो । रावलका अनुसार अस्पतालका अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरुको पनि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ।
अस्पताल तथा प्रतिष्ठानमा साढे ३ सय बढी कर्मचारी तथा स्वास्थ्यकर्मी कार्यरत छन्। कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीहरुको अवस्था सामान्य रहेको निर्देशक रावलले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत