गण्डकी प्रदेशमा थप १०४ लाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । गण्डकी प्रदेशमा थप १०४ जनालाई कोरोना भाइरस रोग(कोभिड १९) को पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको बेलुकी ८ः१५ बजेको अद्यावद्यिक अनुसार थप १०४ जनालाई कोरोना पुष्टि भएको हो । बाग्लुङका ६, कास्कीका ७, पर्वतका २१, नवलपरासी बर्दघाट सुस्ताका ३८, तनहुँका १, स्याङजाका १३ र गोरखाका १८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या ६९७ पुगेको छ ।
तपाईँको अभिमत