काठमाडौं उपत्यका भित्रिएकाहरु १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने
लक्षण देखिएमा मात्र पीसीआर परीक्षण
काठमाडौं । उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन कार्यालयलाई पत्र काटी उपत्यका बाहिरबाट आएकालाई १४ दिन होम क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।
पत्रमा क्वारेन्टिन अवधिमा कोरोनाको लक्षण देखिएमा मात्र पीसीआर परीक्षण गराउनका लागि सहयोग गर्न र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोना परीक्षणका लागि राष्ट्रिय जाँच मापदण्डअनुसार अघि बढ्न भनिएको छ । यस्तै उपत्यका भित्रिएकालाई पीसीआर जाँचको रिपोर्ट नभई घरधनीहरुले घर डेरामा बस्नेलाई प्रवेश गर्न नदिएको गुनासो आएकाले यसलाई रोक्न आवश्यक समन्वय गर्न गृह मन्त्रालयले प्रशासन कार्यालयलाई भनेको छ ।
उपत्यका भित्रिएकाहरु पीसीआर रिपोर्ट नभई घरबेटीले प्रवेश गर्न दिएनन् भन्दै दैनिक १ हजार भन्दाबढी सेवाग्राहीहरु सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गर्दथे ।
हेल्थपाटी
तपाईँको अभिमत