थप ५३८ लाई कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो
२ हजार २२४ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ५३८ जनालाई कोरोना भाइरस रोेग(कोभिड १९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले ४४८ पुरुष र ९० महिलालाई कोरोना पोजेटिभको पुष्टि भएको जानकारी दिनुभयो ।
आज संक्रमण पुष्टि हुनेहरुमा झापाका १३, सप्तरीका २२, सुनसरीका ३, मोरङका २, तेह्थुमका २, महोत्तरीका १२, अछामका २, अर्घाखाँचीका २, बाग्लुङका २८, बझाङका १९, बाजुराका २०,डडेल्धुराका ४, धादिङका १८, गोरखाका २९, गुल्मीका ५, कैलालीका ३८, कञ्चनपुरका १७, कास्कीका ८, नवलपरासी पूर्वका २२, प्यूठानका ५०, रुपन्देहीका ३, सर्लाहीका ४, सिरहाका ७, पाल्पाका ४८, दाङका १९, सुर्खेतका २३, दैलेखका २२, हुम्लाका १, कालिकोटका १, अछामका ५, बझाङका ३, गुल्मीका ५, स्याङजाका २२, तनहुँका २, धनुषाका ३९,रौतहटका १३ र लमजुङका ५ जना रहेका छन् ।
यो संगै कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । संक्रमण ७७ जिल्लामध्ये रसुवाबाहेक सबै जिल्लामा फैलिएको छ । हालसम्म कोरोना पोजेटिभ देखिएका २४ जनाको मृत्यु भइसकेको छ ।
२ हजार २२४ जना डिस्चार्ज भए
पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज भएसँगै देशभर डिस्चार्ज हुनेको सख्या २ हजार २२४ पुगेको छ ।
पीसीआर परीक्षण
पछिल्लो २४ घण्टामा ४ हजार ९९५ जनाको पीसीआर परीक्षण भएसंगै हालसम्म पीसीआरबाट परीक्षण भएको संख्या १ लाख ८६ हजार २६६ पुगेको छ । क्वारेन्टिनमा आज ८५ हजार ८ सय १३ जना छन् । आरडीटिबाट हालसम्म २ लाख ७१ हजार ५८४ जनाको परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनाको परीक्षण भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत