कोरोनाका कारण कर्णालीमा थप एकको मृत्यु, २५ संक्रमित थपिए
अ +
अ -
काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस रोग(कोभिड १९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने २५ जनालाई कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिउँसो १ बजेर ५९ मिनेटमा गरेको अद्यँवद्यिक अनुसार दैलेखका ४५ वर्षका पुरुषको सोमबार राती मृत्यु भएको हो । सुर्खेतको आइसोलेसनमा रहेका पुरुषको मृत्यु भएको हो । यो सहित कर्णालीमा मात्रै कोरोना कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ भने संक्रमितको संख्या १ हजार ३०७ पुगेको छ । आज थप संक्रमण पुष्टि भएकामा सुर्खेतका ५, दैलेखका १९ र कालिकोटका १ जना रहेका छन् । कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत