भारतमा कोरोनाका कारण किन महिलाको मृत्यु धेरै भइरहेको छ ?

फाइल फोटो
काठमाडौ । विश्वभर कोरोना भाइरस रोग(कोभिड १९)को संक्रमणबाट महिलाका तुलनामा पुरुषको मृत्यु बढी भएको पाइएको छ । इटाली, चीन र अमेरिकामा समेत पुरुष बढी संक्रमित भएको र उनीहरुको मृत्यु नै धेरै रहेको छ । जोन्स हप्कीन्स् ब्लुम्बर्ग स्कुलका बैज्ञानिक सब्रा क्लेनले कोरोना संक्रमणका सम्बन्धमा लिंगका आधारमा गर्नुभएको अध्ययनले के देखाएको छ भने पुरुष महिलाभन्दा बढी जोखिममा रहेका छन् कारण उनीहरुको उमेर महिलाको भन्दा बढी रहनु हो ।
अर्काे कारण भने पुरुषले महिलाको तुलनामा धेरै धुमपान गर्छन् र धुमपान गर्नेहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । यस्तै पुरुषमा उच्च रक्तचाप र मुटुका समस्या धेरै देखिएका कारण पनि उनीहरुको मृत्यु धेरै भइरहेको छ । बैज्ञानिकहरुले यो पनि भनेका छन् कि महिलामा पुरुषको तुलनामा रोगसँग लड्ने क्षमता बढी हुन्छ । महिलामा पाइने एस्ट्रोजन नामक हर्माेनका कारण पनि रोगसँग लड्ने क्षमता पुरुषको तुलनामा धेरै हुन्छ ।
तर भारतमा ठ्याक्कै उल्टो भएको छ । त्यहाँ संक्रमणबाट महिलाको मृत्यु धेरै भइरहेको छ । भारत र अमेरिकाका वैज्ञानिकहरुले २० मे सम्मको तथ्यांकलाई आधार बनाएर गरेको अनुसन्धानले भारतमा पुरुष संक्रमित धेरै रहेको भएपनि महिला संक्रमितको मृत्यु धेरै भएको छ । संक्रमितमध्ये ३.३ प्रतिशत महिलाको मृत्यु भएको छ भने २.९ प्रतिशत पुरुषको मृत्यु भएको छ ।
४० देखि ४९ वर्षउमेर सम्मका ३.२ प्रतिशत महिलाको मृत्यु कोरोनाका कारण भएको छ । यो अध्ययन गर्दा भारतमा संक्रमितको संख्या १ लाख १० हजार थियो भने ३ हजार ४३३ जनाको मृत्यु भएको थियो । तर अहिले यो संख्या बढेर संक्रमित ४ लाख २५ हजार नाघिसके भने १३ हजार ६ सय बढीको मृत्यु भइसकेको छ ।
यसको कारणमा भारतमा अझै पनि धेरै महिलाहरु आफ्नो रोग लुकाउछन् । अथवा भारतमा महिला र पुरुषले समान उपचार पाएका त छन् भन्ने प्रश्न पनि खडा भएको र यसबारे थप अनुसन्धान हुनपर्ने जानकारहरु बताउँछन् । सन् १९१८ मा देखिएको स्पेनिस फ्लूको महामारीमा पनि भारतमा महिलाहरुको नै धेरै मृत्यु भयो । बीबीसी ।
हेल्थपाटी
तपाईँको अभिमत